रामजान रोजा आजदेखि सुरु

इस्लाम धर्माम्बलम्बीको महान पर्व रामजान रोजा आजदेखि सुरु भएको छ ।खाडी मुलुक साउदी, कतारलगायतका देशहरुमा सोमबारदेखि नै रोजा सुरु भए पनि नेपाल, भारत, पाकिस्तान, बगंलादेश लगायतका दक्षिण एसियामा भने मंगलवारदेखि रोजा सुरु भएको छ । सोमबार साँझ मुस्लिम समुदायले आकाशमा चन्द्रमा देखेपछि जनकपुरधाममसहित नेपालभरका मुस्लिम समुदाय रोजा गर्दै छन् । रोजा व्रत हरेक मुस्लिम सामुदायका बालिग महिला तथा पुरुषमा अनिवार्य गरिएको छ । इस्लाम धर्मका ५ वटा आधार स्तम्भ इमान, नवाज, रोजा, जकात, हजमध्ये रोजा तेस्रो नम्बरको हो । इस्लामिक महिना श्रावणको समाप्तिसंगै रमजानको पहिलो चन्द्रमा मुस्लिम समुदायले देखे पछि रमजान शुरु हुने गर्छ । इस्लामिक महिना रमजान ३० दिन सम्म मुस्लिम समुदाय रोजा गर्छन् । यस पुर्वमा मुस्लिम समुदायका सम्पुर्ण महिला तथा पुरुषले अनिवार्य रुपमा दिनभरि केहि नखाई निराहार रुपमा व्रत बस्नु पर्ने हुन्छ । रोजामा ब्रतालुहरुले सूर्य उदाउनु भन्दा पूर्व र सूर्य अस्ताए पछि मात्र अन्नजल ग्रहण गर्ने परम्परा रहेको छ । इस्लामिक धर्मग्रन्थका अनुसार रोजा दुई हिजरी सवाण (महिना) को १० तारिक देखि मुस्लिम समुदाय माथि फर्ज अथार्त अनिर्वाय गरिएको छ । इस्लामिक धार्मिक गुरुहरुको अनुसार अहिले १४ औ हिजरी चलिरहेको छ । इस्लामिक धर्मगुरुहरुले जनाए अनुसार सामुहिक रुपमा रोजा खोल्दा (अनजल) धार्मिक हिसावले राम्रो मान्निछ । रमजान महिनामा इस्लामिक क्यालेन्डरको ९ आँै महिना हो । सो महिना मुस्लिम समुदायको लागि विशेष महत्व राख्छ । अन्य महिना भन्दा रमजानमा उपवास तथा दान गर्दा ७० गुणा बढी सवाव (पुण्य) प्राप्ति हुने मुस्लिम समुदायको विश्वास रहेको छ । रमाजानकै २७ तारिकका दिन इस्लाम धर्माबलम्विहरुको सब भन्दा ठुलो धर्मग्रन्थ पवित्र कुरआन सरिफ नाजिल (अवतरित) भएका उनले बताए । यसै महिनामा साढे सात तोला सुन वा साढे ५२ तोला चाँदी तथा सो बरावरको सम्पती भएको खण्डमा गरिब विपन्नहरुको लागि अनिवार्यरुपमा जकात अथार्त दान गर्नका लागि साढे दुई प्रतिशतका दरले रकम निकाल्नु पर्छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement