इण्डियन प्रिमियर लिग आइपिएलमा आज गुजरात र चेन्नई भिड्दै

इण्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत आज एक खेल हुँदै छ ।आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदै छ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७।४५ बजेदेखि शुरु हुँदै छ ।जारी आइपिएलमा गुजरात टाइटन्सले ११ खेलमा ४ जित र ७ हारसहित अंकतालिकामा पुछारमा रहेको छ । त्यस्तै चेन्नई सुपर किंग्सले भने ११ खेलमा ६ जित र ५ हारसहित १२ अंक हासिल गर्दै चौथो स्थानमा रहेको छ ।गुजरात टाइटन्स यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ । गुजरातले टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेर बलियो टिमको उदाहरण दिएको छ ।यस टिममा गिलसहित रिद्धिमान शाह, साइ किसोर, साइ सुदर्शन, राहुल तेवातिया, उमेश यादव, अभिनव मनोहर जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने डेविड मिलर रशिद खान, अज्मतुल्लाह ओमरजाइ, केन विलियम्सन जस्ता विदेशी खेलाडीको भूमिका ठुलो हुने देखिएको छ । गुजरात टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेको थियो ।त्यसैगरी यस सिजनमा महेन्द्र सिंह धोनीले भने चेन्नईको कप्तानी छोडेपछि रुतुराज गायकवाडले कप्तानी गर्दै छन् । चेन्नईका लागि कप्तान गायकवाडसहित रविन्द्र जडेजा, अजिख्य रहाने, समीर रिज्वी, महेन्द्र सिंह धोनी, दिपक चहर यस सिजनमा महत्वपूर्ण हुने छन् भने रचिन रविन्द्र, मुस्ताफिजुर रहमान, डार्यल मिचेल, मथीसा पाथिराना जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

 

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement