मुस्लिम धर्मावलम्बीहरूले आज ईद उल फित्र ईद पर्व हर्सोल्लासका साथ मनाउँदै, देशभर सार्वजनिक बिदा

मुस्लिम धर्मावलम्बीहरूले आज ईद उल फित्र ईद पर्व हर्सोल्लासका साथ मनाउँदै छन् । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ । ईद उलफित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ। हिजरी संवतको रमदान महिनाभर रोजा व्रत बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । ईद पर्वमा अल्लाह भगवान का नाममा विशेष नमाज प्रार्थना गर्ने इस्लाम परम्परा छ । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी ९धर्मगुरु०ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु को खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ । ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement