बानियाँले विश्वासको मत लिनुअघि दबाब बढाउँदै बहादुर, सहमति कार्यान्वयन नभए राजीनामाको रणनीति !

हेटौँडा । पूर्वसहमति अनुसार आफ्नो पक्षबाट ३ मन्त्री नियुक्ति र शपथ ग्रहणको बटम लाइनमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुर सिंह लामा अडिग रहँदा मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई विश्वासको मत लिन असहज हुँदै गएको छ । नेपाली कांग्रेसका १४ सांसदको नेतृत्व गरिरहेका पूर्वमुख्यमन्त्री लामा आफूसँगको सहमति अनुसार ३ सांसदलाई मन्त्री बनाउनुपर्ने बटम लाइन पूरा हुनुपर्ने अडानमा छन् ।सहमति कार्यान्वयन नभए लामा नेतृत्वको टोली सांसद पदबाट सामूहिक राजीनामासम्मको रणनीतिमा छ । लामा टोली सहमति कार्यान्वयन नभए नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत नदिने पक्षमा देखिएको छ ।

मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने तयारी गरेका छन् । त्यसअघि उनले आफ्नै संसदीय दलको विश्वास जित्नुपर्ने चुनौती खडा भएको छ । बानियाँले संसदीय दलको नेतामा लामालाई पराजित गरेका थिए । संसदीय दलमा पराजित गरेसँगै मुख्यमन्त्री पदबाट राजीनामा दिन लामामाथि नैतिक दबाब बढेको थियो । यतिबेला लामा पक्ष पनि बानियाँसँग बदला लिने मुडमा पुगेको छ । बागमती कांग्रेस संसदीय दलमा प्रत्यक्ष रूपमा दुई धार देखिएको छ । विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्री बानियाँ केही दिनदेखि काठमाडौँमै बसेर पार्टीका शीर्ष नेतासँग अनुकूल परिस्थिति निर्माण गरिदिन लबिङ गरिरहेका छन् ।

पूर्वमुख्यमन्त्री लामा पनि साउन २० देखि काठमाडौँमै रहेर छलफल गरिरहेका छन् । पूर्वसहमति अनुसार आफ्ना पक्षका ३ जना (गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठ)लाई मन्त्री नियुक्त गर्नुपर्ने उनको अडान छ । मुख्यमन्त्रीले विश्वासको मत लिनु अघि नै आफ्ना पक्षका तीन जनालाई मन्त्री बनाउनुपर्ने उनको माग छ । सहमति कार्यान्वयन नभए विश्वासको मत नदिने तयारी भइरहेको सो पक्षका एक सांसदले बताए । परिस्थिति अनुकूल नभए संयुक्त रूपमा राजीनामा दिने भन्ने विषय पनि उठेको पूर्वमुख्यमन्त्री लामाले समेत स्वीकार गरे । ‘हामी छलफलमा छौँ । मुख्यमन्त्रीले हामीलाई समेट्न सक्नु भएको छैन । हामी सहमति अनुसार अघि बढ्नुपर्छ भन्ने मागमा छौँ,’ उनले भने, ‘उहाँहरूले समेट्न खोज्नु भएको छैन ।’

Advertisement

 

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement