अरबमा डेढ दशक बिताउँदा पनि मसँग सपना बोकेको रित्तो झोला मात्र छ

गौरव जङ्ग कुवर/हाल कुवेत ।

परदेशी भूमिमा डेढ दशक बिताउँदा स्वरूप पूरै फेरियो । तर पनि मैले मुक्ति पाउन सकेको छैन । खाडीले स्वरूप बदलेको बदल्यै छ ।

देश छाडेर परदेशी भूमिमा आई मैले बनाएको बाटो, मैले बनाएको गगनचुम्बी भवनमा अब मेरो सेल्फी नसुहाउने भइसक्यो झैँ लाग्न थालेको छ ।  त्यो कालो झोलामा सपना बोकेर हिँडेको । त्यही झोलाको सिरानी हालेर सुतेको । झोला बोकेर हिँड्दा मेरो मात्र सपना थिए ।

दिन बित्दै जाँदा मेरा सपना साझा भए । देश छाड्दा देखेका सपना १५ वर्ष बित्दा पनि पूरा हुने छाँटकाँट छैन ।  यहाँ दिनरात, भोक निद्रा नभनी कमाएको पैसा बालबच्चाको भविष्यका लागि भनेर उनीहरूको शिक्षामा लगानी गरेको छु ।

Advertisement

अहिले त मेरो अर्को सपना पनि थपिएको छ । उनीहरूलाई मैले भोगेका भोगाइहरू भोग्न नपरोस् भन्ने छ । त्यसका लागि राम्रो उच्च शिक्षा दिने मेरो लक्ष्य छ । यसरी गरेको लगानीको पनि प्रतिफल पाइएला भन्ने छैन । आस गर्न मन पनि लाग्दैन ।

मसँग डेढ दशक परदेशी भूमिमा पसिना बगाउँदा अहिले त्यही सपना बोकेको खाली झोला र कपाल झरेर तक्ले भएको तालु र सेतै फुलेको दारी मात्र छ । आफ्नै अनुहार ऐनामा हेर्छु दारी फुलिसकेको छ । अनुहार त चाउरिएछ । हात गोडा दुख्ने बिमार र निराश मन साथमा छ ।

अब त बस्छु भन्दा पनि बिस्तारै पठाउने छ यो अरबले मलाई आफ्नै देश । त्यस दिन महिनै पिच्छे हात पर्ने एउटा जागिर पनि जानेछ ।

त्यसपछि के हुन्छ अहिले सोच्दा पनि मन आत्तिन्छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement