काठमाडौँ । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी चोरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शव जलाउने जिम्मा लिएका काभ्रे घर भएका गणेश ढकाल र उनलाई सहयोग गर्दै आएका उदयपुरका विनायक मैनालीले शुक्रवार साँझ शवको हड्डी निकालेर बेचेको आरोप छ ।
उनले दिएको बट्टा मैनालीले ती अपरिचितलाई दिए । हड्डीको बट्टा दिएपछि अपरिचितले मैनालीलाई थप १ सय रुपैयाँ दिएको उनीहरूले प्रहरीलाई बताएका छन् ।
बट्टामा हड्डी हालेर लगेको देखेपछि मृतकका आफन्तले प्रहरीलाई खबर गरेका थिए । विनायक मैनाली आर्यघाटमा ढकाललाई सहयोग गर्दै फालिएका सामान र कपडा टिप्ने काम गर्छन् ।
शवको सानो आकारको हड्डी ५ सय रुपैयाँमा किनबेच भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । घटनाबारे प्रहरी वृत्त गोशालाले अनुसन्धान गरिरहेको छ ।
