मधेस प्रदेशको नेतृत्व नपाए जसपा सरकारमा नजाने

जनता समाजवादी पार्टी नेपाल तत्काल सरकारमा नजाने भएको छ । मधेस प्रदेश सरकारको नेतृत्वको सुनिश्चित नभएसम्म सरकारमा नजाने निर्णय गरेको छ । आज बसेको कार्यकारिणी समितिको बैठकले सङ्घीय सरकारमा सहभागी हुनका लागि मधेस प्रदेशको सरकारलाई बटमलाई बनाएको जसपाका कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादवले बताएका छन । उनले भने, ‘हामीले मधेस प्रदेशको सरकारलाई नेतृत्व गरिरहेका छौँ, त्यसको निरन्तरता हामीले पाउँछौँ कि पाउँदैनौ त्यसको सुनिश्चित हुनुपर्छ, हामीले मधेस प्रदेश सरकार पाएनौ भने सङ्घीय सरकारबारे सोच्न बाध्य हुन्छौँ ।’ जसपाको आधार क्षेत्र मधेस हो र अहिले मधेस प्रदेश सरकारको नेतृत्व उसले गरेको छ । त्यसलाई कुनै पनि हालतमा निरन्तरता दिन चाहन्छ । अहिलेको यो गठबन्धनमा पनि जसपा नेतृत्वको सरकार अल्पमतमा छ । काँग्रेसले समर्थन फिर्ता लिने बित्तिकै जसपा नेतृत्व सरकार अल्पमतमा जान्छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement