रोजा आज सकिने, भोलि इदउलफित्र मनाइदै, ईद मनाउन भोलि सार्वजनिक बिदा

इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै भोलि ‘इदउत्रफित्र’ मनाउदै छन्। गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व ‘ईदउत्रफित्र’को अवसरमा भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ। गृहमन्त्रालयले बुधबार विज्ञप्ति निकाली ‘ईदउत्रफित्र’को अवसरमा भोलि बिदा दिने निर्णय गरेको जनाएको छ। मुस्लिमले ‘ईदउलफित्र’को नमाज मस्जिदमा केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पत्र गर्छन्।नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभिन्न परिकार पकाएर खाने गर्दछन्। रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो।यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात ‘ईदउलअजहा’ पर्व मनाउने गर्दछन्। यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन्।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement