मिटरब्याज तथा ठगीविरुद्ध संघर्ष समितिका अध्यक्षसहित १६ जना पक्राउ

प्रहरीले मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुश्वाहासहित १६ जनालाई बालुवाटार क्षेत्रबाट पक्राउ गरेको छ । समितिका प्रवक्ता निर्ग नवीनका अनुसार अध्यक्ष कुश्वाहासहित १६ जनालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको गेट नम्बर ३ नजिकैबाट पक्राउ गरिएको हो। बालुवाटारमा मार्चमा जाने तयारी गरिरहेका बेला प्रहरीले घेरा हालेर उनीहरूलाई पक्राउ गरेको प्रवक्ता नवीनले बताएका छन । कुश्वाहा सरकारसँगको वार्ता टोलीका संयोजकसमेत हुन् । पटक पटक सरकारसँग वार्ता भए पनि निष्कर्षमा भने पुग्न सकेको छैन । सरकारले समस्या हल गर्ने बताए पनि नभएपछि विभिन्न जिल्लाबाट पैदलै न्याय मार्च गर्दै काठमाडौं आइपुगेका छन् ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement