पेट्रोलको भाउ बढ्यो

सरकारले पेट्रोलको भाउ बढाएको छ । आजदेखि लागू हुने गरी पेट्रोलको भाउ लिटरमा चार रुपैयाँ बढेको नेपाल आयल निगमले जनाएको छ । डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ भने यथावत छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७२ रूपैयाँ ५० पैसा पुगेको छ । दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७४ रूपैयाँ तथा तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा १७५ रूपैयाँ पर्नेछ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement