मधेसमा अरू दलले सरकारको दाबी गर्नु सिंहदरबार मेरो हो भन्नु जस्तै हो ः मनिस सुमन

जनता समाजवादी पार्टी जसपाका प्रवक्ता मनिस सुमनले मधेस प्रदेशमा आफ्नो सरकार सुरक्षित रहेको बताएका छन् ।उनले वर्तमान सत्ता गठबन्धनका चार दलले नै मधेसमा आफ्नो सरकार सुरक्षित गर्ने सहमति जनाएको समेत दाबी गरे । पछिल्लो समय जनमत पार्टी पनि सत्ता गठबन्धनमा गएर केही समय मधेसको मुख्यमन्त्रीको दाबी गरेको कुराहरू बाहिर आएका छन् । यसैबीच सुमनले जो आए पनि आफूहरू सुरक्षित भएको बताएकाछन् । उनी भन्छन्, ‘मधेसमा अरू दलले सरकारमा दाबी गर्नु सिंहदरबार मेरो हो भन्नु जस्तै हो ।’ मधेसमा जसपाको १९ प्रदेश सांसद छन् । यस्तै जनमतको १३, एमालेको २४ सांसद छन् । १०७ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २२, माओवादी केन्द्र र लोसपाका ९–९, एकीकृत समाजवादीका ७ सांसद छन् । मधेसमा सत्ता गठबन्धनबाट ५२ सांसद छन् । मधेसको सरकारबाट कांग्रेस बिदा भए मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनुपर्ने हुन्छ । लोसपा र एकीकृत समाजवादी सत्ता गठबन्धनमा सामेल नभए यादवले नयाँ सरकार गठन गर्न सक्दैनन् । किनकि यहाँ सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement