लालु यादव हत्या प्रकरण : छानबिन समिति गठन गर्न संवाद समूहको माग

काठमाडौं । सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२, कमलपुर निवासी ३६ वर्षीय लालु यादवको मङ्गलबार राति प्रहरीको गोलीबाट भएको मृत्युप्रति नेपाल–भारत खुला सीमा संवाद समूहको गम्भीर ध्यानाकर्षण भएको छ । सम्वाद समूहका सप्तरी जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले एक प्रेस विज्ञप्ति जारी गरी सो घटनाप्रति दुःख व्यक्त गर्दै निन्दा गरेका छन् ।

मृतक यादव स्थानीय श्री खुवलाल जगन्नाथ शक्ती आधारभुत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष समेत थिए । उनले लाइसेन्स प्राप्त गरी कानुनी प्रक्रियामार्फत मदिरा व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

तथापि, स्थानीय प्रहरी प्रशासनले नियमनको नाममा दमनकारी शैली अपनाउँदै नियन्त्रणमा लिने क्रममा उहाँलाई गोली प्रहार गरी ज्यान लिएको घटनाले सम्पूर्ण मानवअधिकार, न्याय प्रक्रिया र राज्य संयन्त्रको चरित्रमाथि गम्भीर प्रश्न उठाएको छ।

Advertisement

‘शान्तिपूर्ण तवरले समाधान गर्न सकिने स्थितिमा समेत बल प्रयोग गरिनु अमानवीय र गैरकानुनी हो। प्रहरीका लागि नियन्त्रणका वैकल्पिक उपायहरू हुँदाहुँदै गोली प्रहार गर्नु शक्ति दुरुपयोगको ज्वलन्त उदाहरण हो। यस्ता घटनाले संविधान प्रदत्त नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार गर्दछ।’, उनले विज्ञप्तिमा भनेका छन् ।

सो घटनालाई गम्भीर रूपमा लिँदै मृतक लालु यादवको हत्याको निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न तत्काल समिति गठन गरिनुपर्ने, घटनामा संलग्न दोषी प्रहरी अधिकारीहरूमाथि तत्काल कारबाही प्रक्रिया सुरु गरिनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति, सुरक्षा तथा न्याय सुनिश्चित गरिनुपर्ने र राज्यले यस घटनालाई सामान्यीकरण नगरी गम्भीर संवेदनशीलताका साथ सम्बोधन गरिनुपर्ने माग सम्वाद समूहले गरेको छ ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘स्मरण रहोस्, यस्ता घटनाहरूले राज्य र नागरिकबीचको विश्वास खण्डित गर्ने मात्र होइन, सीमावर्ती क्षेत्रमा असन्तोष र अस्थिरता निम्त्याउने खतरा बढाउँछन्।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement